भूमि नेपालको प्रमुख एवं महत्वपूर्ण अार्थिक श्राेत हो। भूमि श्रोतको व्यवस्थापनमा परापूर्व कालदेखि नै राज्यले सस्थागत व्यवस्था गर्दै आएको हो। नेपालको इतिहासमा किरातकाल, लिच्छवीकाल, मल्लकाल, शाहकाल देखि हाल सम्म पनि भूमि व्यवस्थापनले उच्च प्राथमिकता पाउँदै आएको छ । बस्ती बसाउने, कृषि उत्पादन गर्ने, उत्पादन वा भूमिबाट हुने आयको आधारमा कर (मालपोत) संकलन गर्ने , आफन्त वा जागिरवालालाई पारिश्रमिक स्वरुप भूमि दिलाई दिने, प्राप्त मालपोतलार्इ राज्यले आवश्यक ठानेका क्षेत्रमा खर्च गर्ने आदि कार्यको व्यवस्थापन मालपोत कार्यालय मार्फत हुने गरेको पाइन्छ । बि सं .१९७९ सालमा खुलेको पोता रजिष्ट्रशन कार्यालयको बि.सं.१९९८ सालमा उपत्यकाका ३ स्थानमा छुट्याउने क्रममा भक्तपुरमा समेत यो कार्यालयको स्थापना भएको देखिन्छ । तत्कालीन समयमा मालपोत असूली र घर जग्गाको रजिष्ट्रेशन गर्ने कार्य यहीबाट गरिन्थ्यो । २०३५ साल बैशाख १ देखि मालपोत एेन,२०३४ लागू भए पछि यस जिल्लामा सोही मिति देखि मालपोत कार्यालय भक्तपुरको स्थापना भएको हो । साबिकमा रहेका माल अड्डाहरु सोही एेन अनुसार मालपोत कार्यालयमा परिणत भए पछि मालपोत असूली, जग्गा दर्ता, लिखत रजिष्ट्रेशन, नामसारी र दाखिल खारेज सम्बन्धी कार्यहरु यसै कार्यालाबाट हुने गरेका छन् । भक्तपुर जिल्लाको एक मात्र मालपोत कार्यालय भएको हुँदा जिल्ला भरिको जग्गा प्रशासन सम्बन्धी सम्पूर्ण कार्यहरु यसै कार्यालयबाट सम्पादन हुँदै आएको छ। हाल नेपाल सरकारको संगठन संरचना अन्तर्गत भूमिसुधार तथा ब्यवस्था मन्त्रालय र भूमिसुधार तथा व्यवस्थापन विभाग अन्तर्गत जग्गा प्रशासनमा संलग्न जिल्ला स्थित निकायको रुपमा यस कार्यालय रहको छ । अचल सम्पति सम्बन्धी विवादका सम्वन्धमा अर्ध न्यायिक निकायको भूमिका समेत यस कार्यालयले निर्वाह गर्दै आएको छ । यो कार्यालय भक्तपुर को दरवार स्क्वायर, ब्याँसीको भाडाकाे घर (२०६१ पुसमा बम विष्फोटमा परेको), जगातीको भाडाको घर हुँदै २०७१ मंसीर ५ गते देखि हालको तुमुचो दुगुरे स्थित प्लानिङबाट प्राप्त २-१२-०-०- क्षेत्रफल भएको जग्गामा कार्यालयको आफ्नै भवन निर्माण गरी सेवा प्रदान गर्दै आइरहेको छ।
भू-अभिलेख सुचना ब्यवस्थापन प्रणाली (LRIMS) परियोजना अन्तर्गत यस कार्यालयबाट २०७२।११।१८ देखि ३ गा.वि.स, २०७३।१०।२ देखि ५ गा .वि.स, २०७३।१०।२७ देखि ५ गा.वि.स. र ०७४।२।४ देखि बाकि १० गा.वि.स. गरी जिल्लाका पुरै गा.वि.स. हरुमा Online सेवा प्रवाह गरिंदै आएको छ । सेवाग्राहीलार्इ चुस्त, दुरुस्त, व्यवस्थित र भरपर्दो सेवामा संलग्न यस कार्यालयमा क्षतिपूर्ति सहितको नागरिक वडापत्र समेत लागू गरिएको छ।
© all right reserved (Department of Land Reform and Management)
© all right reserved (Department of Land Reform and Management)